डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अष्टे«लियामा सहयोग जुटाउदै स्वतन्त्र
2020/06/21, 7:28
 
korona

डडेल्धुरामा  पीसीआर स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले थालेको अभियान अफ्रिका, युरोप हुदै अष्टे«लिया पुगेको छ । 

युवा व्यवसायी तथा गैर आवासीय नेपाली संघका अभियन्ता स्वतन्त्र प्रताप शाहले डडेल्धुरामा पीसीआर स्थापनाका लागि अष्टे«लियामा सहयोग संकलन अभियान शुरु गरेका छन् ।

त्यसको शुरुवात आफैले ५ सय डलर दिएर गरेका छन् । उनले अष्टे«लियामा बसोबास गर्दै आएका नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेका छन् ।
केही दिनअघि शुरुवात गरेको अभियानमा ९७२ डलर जम्मा भईसकेको छ ।

उनले पीसीआर मेसिनको अभावमा कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको सुबिधाका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिनको खरीदका लागि अष्टे«लियामा सहयोगी हातहरु जुटिरहेको बताए ।