सुदूरपश्चिम प्रदेश सभाको हिँउदे अधिबेशनमा काँग्रेस प्रतिपक्षीमै बस्ने
2022/03/27, 12:54
 
dd

आईतबार देखी सुरु हुने सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिबेशनमा काँग्रेसले कडा रुपमा प्रतिपक्षी भएर प्रस्तुत हुने निर्णय गरेको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकबाट काँग्रेस प्रतिपक्षीकै रुपमा प्रस्तुत हुने निर्णय गरेको हो । अहिले केन्द्रमा काँग्रेस, माओवदी केन्द्र, नेकपा एस र जसपाको गठनबन्धनमा सरकार चलेको छ । तर, सुदूरपश्चिम प्रदेशमा भने नेपाली काँग्रेस भने प्रमुख प्रतिपक्षीमै रहेको छ ।

सुदूरपश्चिममा काँग्रेसका प्रदेश स्तरिय शिर्ष नेताहरु भने गठबन्धन नभएको सार्बजनिक रुपमै अभिव्यक्ती दिदै आएका छन् । अहिले सुदूरपश्चिम सरकारमा रहेका नेकपा एस र माओवादी केन्द्र भने काँग्रेस बिनाकै सरकार हुन्छ भन्ने अभिव्यक्ती दिदै आएका छन् ।

‘सुदूरपश्चिममा गठबन्धनको कुनै तुक छैन’ नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले भने–‘प्रदेश सरकार एकलौटी सल्लाह बिनै काम गर्देछ हामी किन गठन्धन भनि कनि हेर्ने, सरकार कहिले पनि जनपक्षिय काम गरेको छैन ।’ उनले भने–‘सरकार आफ्नो कामको ढाकछोप गर्न अन्तिममा आएर अधिबेशन गर्ने सस्कार राम्रो छैन ।’