डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि कोरियामा सुदूरपश्चिम समाज सहयोग जुटाउदै 
2020/06/21, 7:30
 
korona

डडेल्धुरामा  पीसीआर स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले थालेको अभियानमा जोडिदै सुदूर पश्चिम समाज दक्षिण कोरियाले सहयोग संकलन अभियान शुरु गरेको छ ।

केही दिनअघि समाजका अध्यक्ष बीर बहादुर पालको अध्यक्षतामा बसेको बैठकले सहयोग संकलनका लागि समाजका सल्लाहकार डा. अग्नी कोईरालाको नेतृत्वमा कोरोना विरुद्धको लड़ाईमा ऐक्यवद्धता, पिसिआर मेशिन जडानमा हाम्रो सक्रिय सहभागिता भन्ने नारा सहित सहयोग संकलन समिति गठन गरेको थियो । 

डा. कोईरालाको नेतृत्वमा गठित समितिले हालसम्म ३ हजार डलरभन्दा बढि रकम संकलन गरिसकेको छ । डा. कोईरालाले पीसीआर मेसिनको अभावमा कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाका बासिन्दाको सुबिधाका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिनको खरीदका लागि सहयोग जुटाउन दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेलीहरु एकजुट भएर लागेको बताए ।