कैलालीको गोदावरीका वडा अध्यक्षले जिते कोरोना, भन्छन्– ‘मनोबल बलियो बनाएमा कोरोना हार्छ’
2020/06/21, 10:11
 
korona

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जितेका छन । नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जितेका हुन् । गत जेठ २४ गते धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएका भट्टको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण भएपछि नगरपालिकाको आईसोलेसनमा बसेका वडाध्यक्ष भट्टले घर फर्किएका छन् । संक्रमण निको भएपछि भट्टले मनोबल उच्च राखेमा कोरोनालाई जित्न सकिने बताएका छन् । उनले आफुलाई कोरोना संक्रमण भएको कुनै महसुस नै नभएको बताउँदै आत्मबल बलियो बनाउँदै कोरोनालाई हराउन लागेको उनले बताए ।

आरडिटी रिर्पोट पोजेटिभ आए पनि कुनै लक्ष्मण नदेखिएकोले सुरुदेखि नआत्तिएको बताउँदै उनले बिचका केही दिन सास फेर्न समस्या आएपछि अन्य दिन कुनै समस्या नभएको बताए । शारिरीक व्यायाम लगायतका कसरतहरु गरिरहेको बताए । 

‘घाँटीमा समातेको जस्तो भएका वेला डर लागेको जस्तो हुनेरैछ । ज्वरो पनि आयो । त्यसले केही मन आत्तियो ।’ उनले भने–‘तर डराउनुभन्दा पनि समालिएर अगाडी वढ्दा कोरोनालाई जित्न गाहे छैन ।’ तातो पानी खाने गुर्जो खाने गरेमा प्रतिरक्षा प्रणाली बढाउने भन्दै वडाध्यक्ष भट्टले अरुले पनि हौसला दिनुपर्ने समयमै जानकारी गराएर क्वारेन्टाईनमा वसेमा ठिक हुने बताए ।

उनले कोरोना संक्रमणका बेला मनोबल उच्च राख्न प्रेरित गर्ने गरेका कारण पनि आफुलाई सजिलो भएको बताए । (अनुमतिमा नै नाम र परिचय खुलाईएको हो ।)