
दुई वटा कानून बनाउँदै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । शुक्रबारराति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको हो ।

प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानून बनाउने अधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशन्मा जम्मा दुई वटा विधेयक पारित गरिएको छ ।
हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक र दलित सशक्तिकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको सभामुख थापाले जानकारी दिए ।

2025/06/27, 9:19
2025/06/26, 7:44
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 10:18
2020/09/06, 4:03
2021/12/20, 8:41
2023/01/01, 1:10