सुदूरपश्चिममा कोरोना परिक्षणका लागि थप एक पीसीआर मेसीन कैलालीको अत्तरिया आईपुगको छ । डडेल्धुरामा जडान हुने मेसीन आईतबार अत्तरिया पुगको हो ।
ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पिसिआर मेसिन काठमाडौंबाट ट्रक मार्फत ल्याईएको हो । शुक्रबार काठमाडौंबाट ट्रक मार्फत पठाएको मेसिन अत्तरियाबाट डडेल्धुरा पठाउने तयारी गरिएको उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टका स्वकिय सचिव हितेश ओझाले जानकारी दिए ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन डडेल्धुराका लागि पठाएका हुन ।
पिसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाइ गरेपनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवम समन्वय गरेको ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले जानकारी दिए । पिसिआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिने छ ।