
अछामका तीन पालिकामा नेपाली कांग्रेसले एक्लै निर्वाचन लड्ने निर्णय लिएको छ। केन्द्रबाट सत्ता गठबन्धन गरेर जाने निर्णय लिए पनि अछामका तीन पालिकाले त्यसलाई अस्वीकार गर्दै एक्लै निर्वाचन लड्ने निर्णय लिएका हुन्।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले गठबन्धनसँग तालमेल नगर्ने निर्णय लिएका छन्। यी तीनै पालिकाको नगर तथा गाउँकार्य समितिको बैठकले एक्लै प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन्।
कांग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवरका अनुसार आफूहरु बलियो रहेका स्थानमा तालमेल नगर्ने निर्णय भएको हो।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29