
माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार कैलाली आउने भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिकामा विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउन प्रचण्ड भोलि कैलाली आउने भएका माओवादी केन्द्रले जनाएको छ।

गौरीगंगा–८ को लिक्मा मेला लाग्ने स्थानमा हुने कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)ले बताए। कार्यक्रमस्थल लिक्मा मेला क्षेत्रको माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले निरीक्षण समेत गरेको उनले बताए।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन पछिल्लो समय माहोल बन्दै गएको माओवादी केन्द्रले जनाएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/29, 3:44
2020/07/06, 7:35
2020/11/19, 11:17
2023/02/13, 2:03