प्रधानमन्त्री देउवाको जिल्लामा पाँच दलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमती
2022/04/22, 3:42
 
ss

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको जिल्लामा पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको छ ।  पाँच दलका नेताहरुबीच भएको बैठकपछि उनीहरुबीच यस्तो सहमती भएको हो । स्थानीय तहको संख्या, नेतृत्व र पालिका छनौटमा सहमती हुन नसकेपछि पाँच दलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको बताईएको छ ।

नेपाली काँग्रेस डडेल्धुराका सभापति भीम बहादुर साँउदले पाँच दलीय गठबन्धनबीच स्थानीय तहको निर्बाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती भएको बताए ।  यद्दपि डडेल्धुरामा पाँच दलीय गठबन्धनबीच भएको यो सहमतीका विषयमा केन्द्रीय नेतृत्वको धारणा भने सार्वजनिक भएको छैन ।

डडेल्धुरामा पाँच दलीय गठबन्धनबीच भएको सहमती र पालिकामा उम्मेदवार चयनको विषयमा पार्टी सभापति देउवासंग सल्लाह लिन जिल्ला पार्टी सभापति साँउद, प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा, नेता रघुबर भट्ट सहितको टोली आज काठमाण्डौं पुगेको छ । डडेल्धुराबाट गएको टोलीले आजै पार्टी सभापति तथा प्रधानमन्त्री देउवासंग भेट्ने कार्यक्रम छ ।

पार्टी सभापति देउवासंग छलफलपछि डडेल्धुरा जिल्लामा गठबन्धन र उम्मेदवारको टुंगो लाग्ने जिल्ला सभापति साँउदले बताए ।