दार्चुलाका सबै पालिकामा एमाले उम्मेदवारको मनोनयन दर्ता
2022/04/25, 5:28
 
ss

नेकपा एमालेले जिल्लाका ९ वटै पालिकामा प्रमुख र उपप्रमुखमा पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको छ । सबै पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा एमालेले उम्मेदवारी दर्ता गराएको हो ।

जिल्ला सदरमुकामको महाकाली नगरपालिकामा नैरसिंह चैसिर प्रमुख र उपप्रमुखमा दुर्गा विष्टले मनोनयन दर्ता गराएका छन् । शैल्यशिखर नगरपालिकामा मेयरमा विजयसिंह धामी र शान्ति खडायतले उपमेयरमा उम्मेदवारी दिएको छ ।

व्यास गाउँपालिकाको अध्यक्षमा मंगलसिंह धामी र उपाध्यक्षमा चन्द्रा कुँवर, अपीहिमाल गाउँपालिका अध्यक्षमा धर्मानन्द मन्याल र उर्मिला बोहरा, तथा मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा हिरासिंह धामी र उपाध्यक्षमा गोमती भट्टले मनोनयन दर्ता गराएको छ ।

त्यस्तै आइतबार लेकम गाउँपालिकाको अध्यक्षमा परमानन्द जोशी र उपाध्यक्षमा माधवी जोशी, नौगाड गाउँपालिकाको अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेवी ठगुन्ना तथा मार्मा गाउँपालिकाको अध्यक्षमा देवसिंह महर र उपाध्यक्षमा कमला विष्ट पन्तको उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।