माओवादीले खोस्यो सुदूरपश्चिम इञ्चार्ज भट्टको अधिकार
2022/04/30, 4:52
 
ss

स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा जथाभावी निर्णय गरेको भन्दै नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टको अधिकार खोसेको छ । निर्वाचन प्रयोजनका सन्दर्भमा अबदेखि भट्टको हस्ताक्षर नचल्ने गरी माओवादी केन्द्रले उनको अधिकार खोसेको हो ।

माओवादी केन्द्रीय कार्यालयले अबदेखि प्रदेश समिति अध्यक्ष हरिराम चौधरीको हस्ताक्षर आधिकारिक हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अबदेखि निर्वाचन प्रयोजनका लागि चौधरीको हस्ताक्षर चल्ने निर्णय भएको पुष्टि गरे ।

‘यसअघि अध्यक्ष निर्वाचित नभएकाले इन्चार्जलाई जिम्मा दिइएको थियो, अहिले अध्यक्ष निर्वाचित भइसकेकाले अध्यक्षकै हस्ताक्षर चल्छ’ उनले भने । यसअघि इन्चार्ज भट्टले गरेको हस्ताक्षर मान्य हुने तर अबदेखि भने चौधरीको हस्ताक्षर चल्ने ढकालले बताए ।