यी हुन मेयर पदका उम्मेदवार नृपवहादुर वडको पालामा भएका पूर्वाधार विकासका कामहरु (सुचीसहित)
 
dd

नेपाली काग्रेंसको तर्फबाट गठबन्धनका साझा उम्मेदवार रहेका नृपवहादुर वड धनगढी उपमहानगरपालिकाको मेयर हुँदा पुर्वाधार विकास तर्फ धेरै कामहरु भएको छ । पाँच बर्षे कार्यकालमा घोषणापत्रमा उल्लेख गरिएका पुर्वाधार विकासका धेरै कामहरु भएको हो । 
पाँच बर्षको अवधिमा थप झण्डै ७१ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने १९१ किलोमिटर सडक ग्राभेल गरिएको छ ।

‘आ.व. २०७३÷०७४ सम्ममा १२९.४६ कि.मी. सडक कालोपत्रे रहेको धनगढी उप–महानगरपालिकामा आ.व. २०७४÷०७५ देखि २०७८÷०७९ माघ मसान्तसम्ममा थप ७०.८२० कि.मी सडक कालोपत्रे गरिएको छ ।’ मेयर पदका उम्मेदवार वडले भने–‘आ.व. २०७३÷०७४ सम्ममा १५०.१२ कि.मी. सडक ग्राभेल सडक रहेकोमा आ.व.२०७४÷०७५ देखि आ.व.२०७८÷०७९ माघ मसान्तसम्ममा थप १९१.००८ कि.मी सडक ग्राभेल गरिएको छ ।’ धनगढी नगर क्षेत्रमा सडक डिभिजन कार्यालयबाट २० कि.मी. रोड कालोपत्रे, सहरी विकास विभागबाट ९५ कि.मी. रोड कालोपत्रे र ४० कि. मी. पक्की नाली निर्माण गरिएको छ । 

मेयर पदका उम्मेदवार वडका अनुसार आर्थिक बर्ष २०७८÷०७९ माघ मसान्तसम्ममा २६ वटा मोटरवल पुल÷कल्भर्ट र ३ वटा झोलुंगे पुल धनगढीका विभिन्न स्थानहरुमा निर्माण गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७८÷०७९ माघ मसान्तसम्ममा १२ वटा पार्क निर्माण भएको छ । यो अवधिमा थप १०४ घर–परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराईएको र २५.७१२ किलोमिटर ढल निर्माण गरिएका वडले बताए ।

मेयर पदका उम्मेदवार धनगढी उपमहानगरपालिकाको मेयर हुँदा पाँच बर्षको अवधिमा नगर क्षेत्रका ६७ वटा विद्यालयको भवन निर्माण गरिएको छ । जसमा २२८ वटा नया कक्षा कोठा समेत निर्माण गरिएको छ । सबै वडामा एक स्वास्थ्य चौकी निर्माण गर्ने लक्ष्यका साथ १६ वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न भएको छ । सो अवधिमा ६८ वटा सामुदायिक भवन निर्माण सम्पन्न गरिएको छ । ३३ स्थानमा विद्यालय पर्खाल निर्माण, चौतारा निर्माण एवं मर्मत सम्भारक कार्य गरिएको वडले जानकारी दिए ।     सबै नव–निर्मित भवन अपांगमैत्री बनाईएको र शिशुलाई स्तनपान गृहको समेत व्यवस्था गरिएको उनले बताए । नगर यातायात गुरुयोजना तयार गरिएको र कार्यान्वयनको चरणमा रहेको मेयर वडको दावी छ ।

यी हुन वडको पालामा भएका कामहरुः
१.आ.व. २०७३÷०७४सम्ममा १२९.४६ कि.मी. सडक कालोपत्रे रहेको यस धनगढी उप–महानगरपालिकामा आ.व. २०७४÷०७५ देखि  २०७८÷०७९ माघ मसान्तसम्ममा थप ७०.८२० कि.मी सडक कालोपत्रे गरिएको छ ।
२.आ.व. २०७३÷०७४ सम्ममा १५०.१२ कि.मी. सडक ग्राभेल सडक रहेको यस धनगढी उप–महानगरपालिकामा आ.व. २०७४÷०७५ देखि आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा थप १९१.००८ कि.मी सडक ग्राभेल गरिएको छ ।
३.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा २६ वटा मोटरवल पुल÷कल्भर्ट र ३ वटा झोलुंगे पुल निर्माण गर्न सफल भएको छ ।
४.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा १२ वटा पार्क निर्माण भएको छ ।
५.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा थप १०४ घर–परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराईएको छ ।
६.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा २५.७१२ कि.मी. ढल निर्माण गरिएको छ ।
७.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा ६७ वटा विद्यालयको भवन निर्माण गरिएको र २२८ वटा नया कक्षा कोठा समेत निर्माण गरिएको छ ।
८.सबै वडामा एक स्वास्थ्य चौकी निर्माण गर्ने लक्ष्यका साथ आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा १६ वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न भएको छ ।
९.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा ६८ वटा सामुदायिक भवन निर्माण सम्पन्न गरिएको छ ।
१०.आ.व. २०७८÷०७९ माघ मसान्त सम्ममा विद्यालय पर्खाल निर्माण, चौतारा निर्माण एवं मर्मत सम्भारक कार्य तर्फ विभिन्न ३३ ठाउँ मा काम सम्पन्न गरिएको छ ।
११.नगर यातायात गुरुयोजना (ःत्ःए–ःगलष्अष्उब ित्चबलकउयचतबतष्यल ःबकतभच एबिल) तयार गरिएको छ ।
१२.म्द्यइइत् ःयमभ िमा ध्त्भ् परियोजना अन्तर्गत द्यक्ष्इ–न्बक एबिलत निर्माण गरिएको छ ।
१३.सडक डिभिजन कार्यालय बाट २० कि.मी. रोड कालोपत्रे गरिएको र सहरी विकास विभाग बाट ९५ कि. मी. रोड कालोपत्रे र ४० कि. मी. पक्कि नाली निर्माण गरिएको छ । 
१४.सबै नव–निर्मित भवन अपांगमैत्री बनाईएको र शिशुलाई स्तनपान गृहको समेत व्यवस्था गरिएको छ ।
१५.आ.व. २०७३÷७४ मा ५३७, २०७४÷७५ मा ८५६, २०७५÷७६ मा ११८१, २०७६÷७७ मा ७१९, २०७७÷७८ मा ६७७ र २०७८÷७९ माघ १० सम्म ६५२ घर नक्शा पास गरिएको छ ।