
नेकपा एमाले कैलाली जिल्ला सदस्य लगायत ७ जनालाई एमाले कैलालीले कारबाही गरेको छ । आगामी स्थानीय तह निर्वाचनमा पार्टीको नीति विपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूलाई कारबाही गरिएको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिए ।

यसरी कारबाही हुनेमा एमाले कैलालीका जिल्ला सदस्य नेत्र मैनाली, जगतराम चौधरी रहेका छन् । मैनाली अखिलको सुदूरपश्चिम अध्यक्ष समेत हुन् । त्यस्तै गोदावरी नगर कमिटी उपाध्यक्ष बल बहादुर चौधरी, घोडाघोडी नगर कमिटी सदस्य सञ्जय चौधरी, बर्दगोरिया गाउँ कमिटी सदस्य पदम बुढा थापा, गोदावरी नगरपालिका वडा नम्बर ४ का वडा कमिटी अध्यक्ष प्रेम भण्डारी र पार्टी सदस्य राम बहादुर मल्ललाई कारबाही गरिएको हो ।
उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जिल्ला सचिव पाण्डेले जानकारी दिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21