
नेपाली काँग्रेस कञ्चनपुरले पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेर अनुशासन उल्लंघन गरेको भन्दै १२ नेतालाई कारबाही गरेको छ। उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

पार्टीबाट निष्कासित हुनेमा सहसचिव पुस्कल चौधरी ९बेलौरी०, श्रवण राना ९पुनर्वास०, लक्ष्मी मल्ल ९भीमदत्त०, शिवलाल राना ९कृष्णपुर०, उपेन्द्र मल्ल ९कृष्णपुर०, पानबहादुर ओड ९पुनर्वास०, पुष्पकमल पण्डित ९बेलडाँडी० रहेका छन्।
यस्तै दोधारा(चाँदनी नगरपालिकाका चम्पा थापा, पार्वती थापामगर र मानसिंह साउद, भीमदत्त नगरपालिकाका कैलाश चन्द र रामचन्द्र बोहोरालाई पनि कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी निष्काशित गरेको छ।

उनीहरुलाई पार्टीको विधान २०१७ ९संशोधनसहित० को धारा ४ ९१३० बमोजिम कारबाही गरिएको अनुशासन समिति संयोजक नाफुसिंह साउदले बताए।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37