
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वडाध्यक्षका उम्मेदवार काँग्रेसमा प्रवेश गरेका छन् ।

वडा नम्बर १ का राप्रपाका तर्फबाट वडाध्यक्षका उम्मेदवार बिष्णुराज जोशीले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै आफूले उम्मेदवारी फिर्ता लिएर काँग्रेसमा समाहित भएको बताएका छन् ।
विज्ञप्तीमा उनले भनेका छन्– म बिष्णु राज जोशीले उक्त उम्मेदवारी फिर्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि नेपाली काँग्रेसमा समाहित भएको यसै प्रेस विज्ञप्ती मार्फत घोषणा गर्दछु ।

विज्ञप्तीमा जोशीले काँग्रेसबाट धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट उम्मेदवारी दिएका काँग्रेसका वडाअध्यक्ष तथा सदस्यहरु एवं पाँच दलीय गठबन्धनका नगर प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन अनुरोध गरेका छन् ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39