
कैलालीको धनगढीमा एक युवकमाथि पत्रकारले कुटपिट गरेका छन् । ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा कार्यरत पत्रकार योगेन्द्र भण्डारीको समूहले आफूलाई निर्घात कुटपिट गरेको भन्दै पीडित आदित्य जोशीले आरोप लगाएका छन् ।

धनगढी उपमहानगरपालिका ५ बस्ने २४ वर्षीया पीडित जोशीले धनगढी २ स्थित फारवेष्ट जिम सेन्टरको माथि लगेर आफूमाथि भण्डारीको समूहले हातपात गरेको आरोप लगाएका छन् । उनले उक्त ४ जनाको समूहले फलामको रड र हतियार प्रहार गरेको बताए ।
कुटिएको भनिएका पीडित जोशी निवेदन दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् । उनी निवेदन लिएर आएको र घटना बारेमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

यस सम्बन्धमा टेलिभिजन पत्रकार योगेन्द्र भण्डारीसँग बुझ्दा उनले घटना भएको स्विकार गरेका छन् ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21