
यातायात व्यवस्था कार्यालय धनगढीले जेठ २ गते सम्मका लागि सेवाहरु बन्द रहने जनाएको छ। आसन्न स्थानीय तह निर्वाचनका लागि सम्पूर्ण कर्मचारीहरु खटिनुपर्ने भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।

एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय धनगढीले भोलि २७ गतेदेखि जेठ २ गतेसम्म सबै सेवाहरु बन्द रहेको जानकारी दिएको छ। यस्तै सवारी चालक अनुमतीपत्रको कायोमेट्रिक तथा भिजिट डेटबारे भने सूचना प्रकाशन गरेर जानकारी दिइने बताइएको छ।
