मतदानपछि प्रधानमन्त्री देउवाले भने–चुनाव हुँदैन भन्नेहरु गलत साबित भए
2022/05/13, 1:18
 
ss

नेपाल काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन हुँदैन भन्नेहरु गलत साबित भएको बताएका छन्। शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा मतदान गरेपछि उनले चुनाव नहुने बताइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वयम् चुनावमा सहभागी भएको बताए।  

‘ओलीले चुनाव हुँदैन हुँदैन भन्थे तर आज उनीहरु नै चुनावमा सहभागी भएका छन्’ उनले भने। साथै उनले निर्वाचन भएपछि लोकतन्त्र सुनिश्चित भएको बताएका छन्। प्रधानमन्त्री देउवाले स्थानीय तह गठन भएपछि गाउँगाउँमा सिंहदरबार आएको समेत जिकिर गरे।

स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रधानमन्त्री देउवा धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरबाट रुवाखोलाका पुगेका थिए। मतदानपछि उनी काठमाडौं जाने तालिका रहेको छ।