बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।
रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।
यस्तै, वडा नम्बर १मा माओवादीका रवीन्द्र जोशी, २मा एमालेका रवीन्द्र खाती, ३ मा माओवादीका प्रकाश भण्डारी, ४ मा कांग्रेसका रामचन्द्र जोशी, ५ मा कांग्रेसका नरबहादुर खाती, ६ मा नेकपा एसका अनिलकुमार विष्ट विजयी भए । यस्तै, वडा नम्बर ७मा एमालेका किस्ने सार्की र ८ मा एमालेका कविराज जोशी निर्वाचित भए ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/09/11, 9:16
2021/05/04, 9:23
2021/11/26, 10:48