बझाङ जयपृथ्वीको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी 
2022/05/18, 11:49
 
ss

बझाङको सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसका चेतराज बजाल विजयी भएका छन्।

उनले ४९७० मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरतबहादुर सिंहले ३४९९ मत पाए। यस्तै, उपमेयरमा पनि गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका रतनबहादुर सिंह निर्वाचित भएका छन्। सिंहले ४६२७ मत प्राप्त गरे। उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार जमुना चन्दले ३३९१ मत पाइन्।

जयपृथ्वीका ११ वडामध्ये तीन वडाध्यक्षमा एमालेले जितेको छ भने काँग्रेस, माओवादी र समाजवादीले २ २ वडाध्यक्षमा जितेका छन्। नगरपालिकाका २ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।