सुदूरपश्चिममा एमालेले २३ पालिका जित्यो (सूचीसहित) 
2022/05/18, 5:29
 
ss

सुदूरपश्चिम प्रदेशमा पनि वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधबारसम्म प्रदेशमा नेकपा एमालेले २३ पालिकामा जित निकालेको छ।

८८ मध्ये ६८ वटा स्थानीय तहमा मतगणना सम्पन्न भएकोमा २३ पालिकामा जित निकाल्दै एमाले दोस्रो दल बनेको छ। पहिलो दल भने कांग्रेस बनेको छ। उसले अहिलेसम्म ३२ ठाउँमा जितेको छ। 

नेकपा एमाले विजयी भएका पालिकाहरूः
१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
३) दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर 
४) बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
५) दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
६) डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
७) कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
८) बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया 
९) कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
१०) दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
११) दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
१२) बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ) 
१३) बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
१४) बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
१५) बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
१६) दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
१७) अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
१८) कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
१९) बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
२०) बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
२१) बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
२२)  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
२३) अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा