
बझाङको सुर्मा गाउँपालिकामा नेपाली काँग्रेसका खडक बोहरा विजयी भएका छन्। उनी नेकपा एमालेका दिपक बोहरालाई ४९७ मतले पछि पार्दै विजयी भएका हुन्।

उपाध्यक्षमा पनि काँग्रेसकै रमलाकुमारी मन्डेल पुजारा विजयी भएकी छिन्। उनी एमालेकी माता बोहरालाई १०६ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन्।
योसँगै काँग्रेसले बझाङका ६ ओटा पालिकामा जितेको छ। एमालेले ३ पालिका, माओवादी केन्द्रले २ पालिका र नेकपा एकीकृत समाजवादीले १ पालिकामा जित हाँसिल गरेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/09, 3:06
2020/11/22, 5:25
2022/12/30, 12:30