
सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन जेठ १६ गतेबाट सुरु हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १६ बाट बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

प्रदेश सभाको १० औं अर्थात बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले बताए ।
उनका अनुसार ३ बजे बैठक बोलाउन निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुखले प्रदेशसभा अधिवेश आव्हान तथा अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ ।

यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति प्रदान गरेको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09