निर्मला पन्तको हत्यारालाई सरकारले लुकाएर राखेको छ: सांसद धामी
2022/05/28, 7:18
 
ss

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद नरबहादुर धामीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले लुकाएर राखेको आरोप लगाएका छन्।  सरकारले प्रतिनिधिसभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारमाथि निर्मालाका हत्यारा लुकाएर राखेको आरोप लगाएका हुन्। 

प्रतिपक्षमा हुँदा नेपाली कांग्रेसका सांसदहरुले तत्कालीन सरकारले निर्मलाका हत्यारा संसदमै लुकाएर राखेको आरोप लगाएको पनि सांसद धामीले स्मरण गराए।   उनले कांग्रेस सरकारमा हुँदा पनि बलात्कार पनि हत्या गरिएकी निर्मालाका हत्यारामाथि किन कारबाही नगरिएको भनेर महेन्द्रनगरका जनताले प्रश्न गरिरहेको पनि जिकिर गरे। 

‘निर्मला पन्तको हत्यारा पत्ता लाग्यो। र, यही सदनमा छ। भीआईपी हत्यारा हो। यो सरकार किन कारबाही गर्दैन भनेर नेपाली कांग्रेस जुन बेला विपक्षमा उभिएको थियो त्यो बेला यही रोस्ट्रममा कति पटक बोलेको थियो,’ धामीले भने, ‘आज शेरबहादुर देउवा आफैँ प्रधानमन्त्री हुनुहुन्छ। आज कहाँ राख्नुभएको छ त्यो भीआईपी हत्यारारु किन लुकाएर राख्नुभएको छरु त्यहाँका जनता सोधिरहेका छन्। महेन्द्रनगरका जनता सोधिरहेका छन्।’

२०७५ साउन १० गते कञ्चनपुर सदरमुकाम महेनद्रनगर नजिकै भीमदत्त नगरपालिका– १८ निम्बुखेडास्थित उखुबारीमा निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो।  सरकारले अहिलेसम्म उनका हत्यारा पत्ता लगाउन सकेको छैन।