
आइतबारबाट हराइरहेको तारा एयरको जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो ।

नेपाली सेनाको मध्यकमाण्डका कमाण्डर उपरथी बावुराम श्रेष्ठले जहाज ल्याङकुखोलामा दूर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए ।
उनले स्थलमार्गबाट गएको टोलीले जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटेको बताए । नेपाली सेनाको एम आई-१७ हेलिकोप्टर अहिले त्यसतर्फ गइरहेको छ ।

पोखराबाट जोमसोमका लागि आइतबार उडेको तारा एयरको जहाजमा १३ नेपाली, ४ भारतिय र २ जर्मन नागरिक थिए । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31