कैलाली उद्योग वाणिज्य संघको चुनावमा दुई प्यानल भिड्दै
2022/06/05, 3:23
 
ss

जेठ २८ गते हुन गैरहेको कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि दुई छुट्टाछुट्टै प्यानलसहित चुनावी मैदानमा होमिएका छन् ।

वर्तमान अध्यक्ष पुष्पराज कुँवरको नेतृत्व र व्यवसायी सुरेन्द्र राठीको नेतृत्वमा दुई छुट्टाछुट्टै प्यानल बनाएर आज मनोनयन दर्ता भएका छ ।

कुँवरको प्यानलमा अधिकांश पुरानै अनुहार दोहरिएका छन् भने राठीको प्यानलबाट धेरै नयाँ अनुहारहरू चुनावी मैदानमा होमिएका छन् ।

त्यस्तै स्वतन्त्र रूपमा सचिव पदमा जयराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

पुष्पराज कुँवर प्यानलमा

अध्यक्ष - पुष्पराज कुँवर

  • वरिष्ठ उपाध्यक्ष - पुष्कर राज ओझा
  • एसोसिएट उपाध्यक्ष - मनोज अग्रवाल
  • उद्योग उपाध्यक्ष - दिनेश लम्साल
  • बाणिज्य उपाध्यक्ष - गगनराज केसी
  • वस्तुगत उपाध्यक्ष - लक्ष्मण पन्त
  • महासचिव - ओम बिष्ट कोषाध्यक्ष - भिष्मराज ओझा (अबु)
  • सचिव - सुरेश पाण्डेय सुरेन्द्र
राठी प्यानलमा

  • अध्यक्ष - सुरेन्द्र राठी
  • वरिष्ठ उपाध्यक्ष - हरिशंकर ठाकुर
  • एसोसिएट उपाध्यक्ष - प्रकाशचन्द्र भट्ट
  • उद्योग उपाध्यक्ष - घनश्याम चौधरी
  • बाणिज्य उपाध्यक्ष - केशव जोशी
  • वस्तुगत उपाध्यक्ष - केशव पाण्डेय
  • महासचिव - सिद्धराज पनेरू
  • कोषाध्यक्ष - रंजन शर्मा
  • सचिव - महेन्द्रबहादुर सिंह