कैलाली उद्योग बाणिज्य संघको निर्वाचनः राठीद्वारा टिम घोषणा, यस्ता छन् प्रतिबद्धता
2022/06/06, 5:24
 
ss

कैलाली उद्योग बाणिज्य संघको नेतृत्वका लागि सुरेन्द्र राठीले टिम घोषणा गरेका छन्। व्यवसायी राठी प्यानलसहित उद्योग बाणिज्य संघको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।

जेठ २८ गते हुने उद्योग बाणिज्य संघको चुनाव हुदै छ। उक्त चुनावमा दुइ समूहले छुट्टाछुट्टै प्यानल सहित टिम घोषणा गरेका हुन्। व्यवसायी तथा वर्तमान अध्यक्ष पुष्पराज कुँवरले पनि नेतृत्वका लागि प्यानल सहित टिम घोषणा गरेका छन्। 


राठीको टिमबाट को को छन् उम्मेदवार ?

अध्यक्षः सुरेन्द्र राठी
उपाध्यक्षः हरिशंकर ठाकुर
एसोसिएट उपाध्यक्षः प्रकाशचन्द्र भट्ट 
उधोग उपाध्यक्षः घनश्याम चौधरी
बाणिज्य उपाध्यक्षः केशवराज जोशी
वस्तुगत उपाध्यक्षः केशवदत्त पाण्डेय
महासचिवः शिद्धराज पनेरु
कोषाध्यक्षः रजन कुमार सर्मा
सचिवः महेन्द्र कुमार सिहं

सदस्यहरुः श्रीमान गौतम, हेमराज भट्ट, अमर चोखाल, रिता जोशी अवस्थी, कमला ज्ञावाली, अम्बिका भण्डारी केसी, शैलेन्द्र कुमार श्रेस्ठ, कृष्णराज पाण्डेय, लोकेश भट्ट, जि एम इस्लाम, प्रदिप बैद्ध र शुरेस सापकोटा

यस्तो छ राठी टिमको प्रतिबद्धता

कृषि, पर्यटन र उद्योग लगायतका व्यवसायको प्रर्वद्धनको कार्य गर्ने
व्यवसायीका समस्या समाधानको पहल गर्ने 
कर सम्बन्धी समस्या समाधान गर्ने 
साना तथा मझौला व्यवसायीले झेलिरहेका समस्या समाधान गर्ने
बैंकिङ र बीमालाई सरलीकरण गर्ने
सुन्दर सुदूरपश्चिम महोत्सवलाई व्यवसायमूखी बनाइने 
निर्यात बढाउन प्रयास गर्ने