
सुदूरपश्चिम प्रदेशको महाकालीसँगै देशका केही स–साना नदीहरूमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ।

अबका तीन दिनसम्म प्रमुख नदीहरू कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य मात्र बढ्ने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै इलाम, पाँचथर, संखुवासभा, दोलखा, लमजुङ, कास्की र आसपास भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ। महाशाखाले उक्त जिल्ला भई बहने स–साना नदीहरूका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31