धनगढीमा भाट–भटेनीको २३ औं आउटलेट सञ्चालनमा
2022/06/10, 11:59
 
ss

कैलाली सुदुरपश्चिम प्रदेशको धनगढीमा भाट–भटेनीको २३ औं आउटलेट सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपािलका–३, बोराडाँडीमा शुक्रबारदेखि भाट–भटेनीको सेवा शुभारम्भ भएको छ ।

2

देशकै सबैभन्दा ठूलो चेन सुपमार्केटको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङ,उनकी धर्मपत्नी सावित्री गुरुङले समुद्घाटन गरेका हुन् । १७ कट्ठा जग्गामा डेढलाख स्क्वायर फिटको भवन रहेको स्टोरमा खाद्यान्न,लत्तम कपडा,विद्युतीय , कस्मेटिक,फर्निचर,खेलौना लगाएत सम्पूर्ण सामानहरु उपलब्ध छन् ।

2

त्यसैगरी स्टोरमा रेष्टूरेष्ट, आकर्षक वाटर फाउण्टेन रहेका छन् भने निकट भविष्यमै हाइटेक सिनेमा(मल्टिप्लेक्स) पनि सूचारु हुने छ । सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले सुदुरपश्चिममा अन्तराष्ट्रिय स्तरको सपिङ सुविधा प्रदान गर्ने उद्देश्यले सेवा शुभारम्भ गरेको बताए । उनले स्टोर २ अर्बको लागतमा सञ्चालनमा आएको बताए ।

2

शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाट–भटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराइले बताए । साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उनले जनाए । शुभारम्भ कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्री, धनगढी उपमहानगरपालिकाका मेयर, धनगढीका प्रजिअ किरण थापा, लगायको उपस्थिति रहेको थियो ।