सुदूरपश्चिममा ६२ आयोजना विदेशी लगानीका, सबैभन्दा बढी कञ्चनपुरमा
2022/06/11, 8:55
 
ss

मुलुकभर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सञ्चालनमा रहेको कुल आयोजनामध्ये ६२ वटा सुदूरपश्चिम प्रदेशमा रहेका छन्। राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल लागत ४ अर्ब ८० करोड रहेको ती आयोजनामा गत वर्षको अन्त्यसम्म २ अर्ब ४९ करोड ६० लाख रुपैयाँ एफडीआई प्रस्ताव गरिएको थियो। यो आयोजनाको कुल लागतको करिब ५२ प्रतिशत हो।

जिल्लागत रूपमा हेर्दा कञ्चनपुरमा सबैभन्दा बढी २३ वटा आयोजना सञ्चालनमा छन् । यस्तै, कैलालीमा १९, बैतडीमा ८, अछाममा ४, दार्चुला र डडेल्धुरामा ३/३ र डोटी र बझाङमा १/१ परियोजनामा वैदेशिक लगानी प्रस्ताव गरिएको राष्ट्र बैँकको अध्ययन प्रतिवेदनले देखाएको छ। 

परियोजना लागतका हिसाबले कैलालीमा सबैभन्दा बढी २ अर्ब ९८ करोड रुपैयाँ र सबैभन्दा कम डोटीमा १ करोड वैदेशिक लगानी रहेको छ। 
यस्तै चालु आर्थिक वर्षको फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका उद्योग सबैभन्दा बढी (८२ प्रतिशत) बागमती प्रदेशमा र सबैभन्दा कम (०.९ प्रतिशत) सुदूरपश्चिम प्रदेशमा रहेका छन्।