कैलाली उद्योग वाणिज्य संघको मत गणना जारी, कुवर प्यानल सहित अग्रता
2022/06/12, 12:14
 
ss

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ९०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।

उनले ९०० मतमा ५५४मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले २९७  मतका साथ उनलाई पछ्याइ रहेका छन्।  वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ४९८मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ३५०मत ल्याएका छन्।

उद्योग उपाध्यक्षमा दिनेश लम्साल ५०७ मत ल्याएका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी ३०० , एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल ४२७, प्रकाशचन्द्र भट्ट ३७१, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त ४४९, केशवदत्त पाण्डेय ३३३, महासचिवमा ओमबहादुर विष्ट ४२१, सिद्धराज पनेरु ३९५, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ५५६, रंजनकुमार शर्मा २५४ र सचिवमा सुरेश पाण्डेय ३२६, महेन्द्रकुमार सिंह २८१ र जयराज न्यौपानेले १७६ मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।