जीडीपीमा सुदूरपश्चिम प्रदेशको योगदान गत आव जत्तिकै रहने
2022/06/12, 1:30
 
ss

कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा तीन अर्ब ३९ अर्ब रुपैयाँ पुग्नेछ, जुन गत वर्ष तीन खर्ब एक अर्ब थियो ।

आव २०७७/७८ मा सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा बढेर ४ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । छैटौँ स्थानमा आव २०७८÷७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ९उपभोक्ताको मूल्यमा० ४८ खर्ब ५२ अर्ब रुपियाँ हुने अनुमान गरिएकामा सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन छैटौँ स्थानमा छ ।

चालू आर्थिक वर्ष सबैभन्दा बढी योगदान बागमती प्रदेशको १७ खर्ब ९१ अर्ब रुपियाँ हुने अनुमान गरिएको छ । यो राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ३६ दशमलब नौ प्रतिशत हो । चालू आर्थिक वर्षमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको छ, जुन एक खर्ब ९८ अर्ब रुपैयाँ अर्थात ४ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ ।

आर्थिक वृद्धिदर ४।९ प्रतिशत आव २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ९उपभोक्ता मूल्यमा० ५ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएकामा सुदूरपश्चिम प्रदेशको वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने अनुमान छ । चालू आर्थिक वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६ दशमलव ७ प्रतिशत र मधेश प्रदेशको सबैभन्दा कम ४ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ ।

आव २०७७/७८ मा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४ दशमलव ६ प्रतिशत तथा गण्डकी प्रदेहमा सबैभन्दा कम ३ दशमलव ७ प्रतिशत थियो भने कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत र सुुदूरपश्चिमको वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो । कृषि क्षेत्रको योगदान बढी सुदूरपश्चिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३३।५ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्क धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सुुदूरपश्चिम प्रदेशको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको १४ दशमलव ६ प्रतिशत र सेवा क्षेत्रको ५१ दशमलव ८ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।सोही प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान प्रशासकीय तथा सहयोग सेवासम्बन्धी कार्यहरूको रहेको छ, जुन ० दशमलव १ प्रतिशत मात्र छ । बाली लगाइएको क्षेत्रफल घट्यो आव २०७८/७९ मा सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन १२ लाख छ हजार ३१९ मेट्रिक टन, तरकारी तथा बागवानी दुई लाख ४५ हजार ९२९ मेट्रिक टन र फलफूल तथा मसलाजन्य एक लाख ६७ हजार २४१ मेट्रिक टन उत्पादन भएको छ ।

सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ० दशमलव ७ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा धानबालीले ढाकेको क्षेत्रफल १ दशमलव ३९ प्रतिशतले घटेको छ भने कोदो २ दशमलव ६६ प्रतिशत, फापर १२ दशमलव ८४ प्रतिशत, आलु १९ दशमलव २८ प्रतिशत, भटमास २ दशमलव ३८ प्रतिशत र दलहनको क्षेत्रफल २३ दशमलव ३९ प्रतिशतले वृद्धि भएको छ । यसैगरी मकै खेतीको क्षेत्रफलमा ८ दशमलव ०५ प्रतिशत, उखु ६ दशमलव १७ प्रतिशत र तेलहनको १९ दशमलव ०७ प्रतिशतले ह्रास आएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा प्रमुख कृषि बाली ९खाद्य तथा अन्य बाली, तरकारी, फलफूल तथा मसला०को उत्पादनमा १० दशमलव ७१ प्रतिशतले ह्रास आएको छ ।

सो अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा १४ दशमलव ४९प्रतिशतले ह्रास आएको छ । प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी कोदोको उत्पादन २२ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिमा धान उत्पादनमा ३१ दशमलव ४९ प्रतिशतले ह्रास आएको छ । यस्तै तरकारी उत्पादनमा ० दशमलव ०७ प्रतिशतले ह्रास आएकामा फलफूल तथा मसला उत्पादन ६ दशमलव २५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै पशुजन्य उत्पादनअन्तर्गत दूध १ दशमलव ५९ प्रतिशत, मासु १ दशमलव ५५ प्रतिशत र अण्डाको उत्पादनमा ० दशमलव ५१ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यस प्रदेशमा खाने तेल, प्रशोधित दूध, गहुँको पिठो, चामल, चिनी, काठ, साबुन, इँटा, रोजिन एन्ड टर्पेन्टाइनलगायत उद्योगको सङ्ख्या १२ वटा रहेको छ । कैलालीमा धेरै खेती समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ३७ दशमलव ६५ प्रतिशत र सबैभन्दा कम बाजुरा तीन दशमलव ३५ प्रतिशत रहेको छ ।

तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४० दशमलव ८१ र बाजुरामा सबैभन्दा कम २ दशमलब ०२ प्रतिशत रहेको छ । यसैगरी फलफूल तथा मसलाजन्य बालीले ढोकेको क्षेत्रफलमा कैलाली जिल्ला सबैभन्दा बढी ७१ प्रतिशत ९३ प्रतिशत र अछाम जिल्ला सबैभन्दा कम एक दशमलव १० प्रतिशत रहेको छ । घरजग्गा रजिस्ट्रेसन घट्यो सुदूरपश्चिम प्रदेशमा समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन सङ्ख्या १० दशमलव ८८ प्रतिशतले घटेको छ । गत वर्ष सोही अवधिमा सो सङ्ख्या १० दशमलव ४७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व सङ्कलन ५८ दशमलव ५८ प्रतिशतले वृद्धि भई ७४ करोड ७९ लाख ७० हजार भएको छ । गत वर्ष सोही अवधिमा राजस्व सङ्कलन ३६ दशमलव ५० प्रतिशतले वृद्धि भएको थियो ।