मोहन्याल गाउँपालिका अध्यक्षले कुनै अधिकार प्रयोग गर्न पाउदैनन् : निर्वाचन आयोग
2022/06/13, 11:14
 
dd

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा सहभागी हुन नपाउने भएका छन्। आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्दै उपाध्यायलाई कुनै पनि अधिकार प्रयोग गर्न नदिन निर्देशन दिएको हो।  

भ्रष्टाचार मुद्दा बिशेष अदालतमा भएका बेला गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई स्वत निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न निर्देशन जारी गरेपछि उनि निर्वाचनमा सहभागी हुन नपाउने भएका छन् ।

यस अघि जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको थियो । समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका थिए।