जिसस बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध  
2022/06/14, 11:21
 
ss

जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरुको प्यानलै निर्विरोध भएको हो।

नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि गठबन्धनका उम्मेदवार निर्विरोध भएका बताइएको छ। समन्वय समिति प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नरेन्द्र शर्माले बताए।

महिला सदस्यमा कांग्रेसकी अस्मितादेवी चदारा, बाटुलीदेवी ओड र एकीकृत समाजवादीबाट लक्ष्मीदेवी कामी निर्विरोध भएकी छिन्। खुल्ला सदस्यमा कांग्रेसका गौरीशङ्कर जोशी, टोपबहादुर खड्का, माओवादी केन्द्रका गोरखबहादुर सिंह र दलित सदस्यमा नेपाली कांग्रेसकी रिता कामी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।