'मेरी आमालाई बचाइदिनुहाेस्'
2022/06/20, 1:03
 
ss

बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ की क्यान्सर पीडित जमुनादेवी बिष्टकाे उपचारका लागि आफन्तले सहयोगको याचना गरेका छन् । स्तन क्यान्सरबाट पीडित उनकाे उपचारका लागि आर्थिक सहयाेगकाे अपिल गरिएकाे हाे ।  भएकाे खेतबारी समेत उपचारकै क्रममा बेचेर सकिँदा पनि रकम अपुग भएकोले आमाको उपचारमा किनै कठिनाइ भइरहेको छोरा प्रकाशले बताए । 

‘सक्दो सहयोग गरेर मेरी आमाको ज्यान बचाइदिनुहोस्’, अनुनय गर्दै उनले भने । आर्थिक अवस्था कमजोर भएका कारण जमुनादेवीका तीनै जना छोरा भारतमा मजदुरी गर्छन् । जेठो छोरो कलक र माइलो छोरा विकास अहिले पनि भारतमै छन्  । कान्छा प्रकाश आमाको उपचारका लागि घर फर्किएका हुन् ।   जमुनादेवीको हाल नेपालगञ्जस्थित सुशील कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले उनको उपचारमा लाखाैँ रकम लाग्न सक्ने बताएका छन् । 

‘एक पटक केमो चढाउँदा कम्तीमा पनि ४० देखि ५० हजार लाग्दो रहेछ’, प्रकाशले भने, ‘यत्रो ठूलो रकम जुटाउन हामीलाई हम्मे हम्मे परेको छ ।’  गाउँलेहरूले जमुनालाई बचाउन आर्थिक संकलनका लागि अभियान चलाइरहेका छन् । सहयोगका लागि माेबाइल नम्बर ९८६६८२३९४८ सम्पर्क गर्न सकिने प्रकाशले बताए ।