सुदूरपश्चिमका ४ नेताले छाडे विप्लव नेतृत्वको नेकपा
2022/06/23, 11:05
 
dd

सुदूरपश्चिमका ४ नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परत्याग गरेको घोषणा गरेका छन्। महाधिवेशन आयोजक कमिटी सदस्य तथा किसान र सुकुम्वासी संगठनका अध्यक्ष ओमप्रकास पुन, केन्द्रीय सल्लाहकार सदस्य शंकरबहादुर खड्का, महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इञ्चार्ज दलबहादुर धामी र विशेष कमिटी सदस्य रमेश परियारले पार्टी परत्यागको घोषणा गरेका हुन्। 

चारै जनाले सयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एकतावद्ध र एकीकृत कम्युनिष्ट पार्टी निर्माणको दिशामा एकाकार हुन आग्रह गरेका छन्।

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेको बताउदै पूर्व सेती–महाकाली इञ्चार्जसमेत रहेका पुनले  भने, ‘नेपाल कम्युनिस्ट पार्टी परित्याग गरे पनि कुन पार्टीमा जानेबारे अहिले नै निर्णय लिएका छैनौं। केन्द्रमा पुष्पकमल दाहाल र माधवकुमार नेपालसंग छलफल भएको छ। छिट्टै टुंगोमा पुग्छौं होला।’