राष्ट्रिय भूमि आयोग कैलालीद्वारा जग्गा नामजाँचको कार्यमा तिर्वता
2022/06/23, 5:59
 
ss

राष्ट्रिय भूमि आयोग कैलालीले जग्गा नामजाँचको कार्यलाई तिर्वता दिएको छ ।जिल्लाका बिभिन्न स्थानिय तहमा भूमिहिन, दलित सुकुम्बासी र अब्यबस्थित बसोबासीका समस्या सामाधान गर्न अयोगले आफ्नो कामलाई तिर्वता दिएको हो । 

जिल्लाको धनगढी उप–महानगरपालिका, कैलारी गाउँपालिका,भजनी नगरपालिका,लम्कीचुहाँ नगरपालिका र गोदवारी नगरपालिकामा जग्गाको नामजाँच गर्ने कार्यलाई तिर्ब बनाईएको हो ।  यस्तै जोशीपुर गाँउपालिका,घोडाघोडी नगरपालिका र जानकी गाउँपालिकामा लागत संकलन गरी नापजाँचको तयारी  थालेको छ ।

१३ ओटा स्थानिय तह रहेको कैलाली जिल्लाका बाँकी स्थानीय तहमा लागत संकलन गर्ने कार्य भईरहेको राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष  यज्ञराज उपाध्यायले जानकारी दिएका छन् ।नामजाँच भईरहेका र लागत संकलन भईरहेका हरेक स्थानिय तहमा आयोग र स्थानिय तहको गरी २÷३ ओटा प्राबिधिक टोली बनाई काम थालिएको अध्यक्ष उपाध्यायले बताए ।

उनका अनुसार धनगढी उप–महानगरपाकिा,गोदावरी नगरपालिका र लम्कीचुहाँ नगरपालिकामा  असार भित्र नै लालपुर्जा बितरण गर्ने गरी काम भईरहेको छ ।  यसरी राष्ट्रिय भूमि अयोग कैलालीले आफ्नो कामलाई तिर्वता दिएपछि भूमिहिन, दलित सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुमा लालपुर्जा पाउने आसा बढेको कैलारी गाँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।

यस्तै आफ्नो गाउँपालिकाले आयोगसंग सहकार्य गर्दै गाउँपालिकावाट समेत प्राविधिक टोली परिचालन गरेको  बताउउनुहुँदै २ महिना भित्र जग्गाधनी प्रमाणपत्र दिने गरी तयारी थालेको अध्यक्ष चौधरीको भनाई छ ।  जिल्लाका १३ ओटा स्थानिय तहमा अयोगले आफ्नो कार्यलाई निरन्ता दिएको  जिल्ला नापी कार्यलय कैलालीका प्रमुख तथा अयोगका सदस्य सचिव शुर्दशन सिंह धामीले बताए । स्थानीय तहमा जाग्गाको निस्सा दिने,लागत संकलन गर्ने  र नामचाँजको कार्य भईरहेको सदस्य सचिव धामीले बताए ।

यस्तै जिल्लामा रहेका भूमिहिन, दलित सुकुम्बासी र अब्यबस्थित बसोबासीका समस्या सामाधान कासरी छिटोछरितो हल गर्न सकिन्छ भन्ने बिषयमा पनि स्थानिय तहसंगको छलफललाई तिर्व पारेको सदस्य सचिव धामीले बताए ।  गतबर्ष चैत्र १७ गते नेपाल सरकारले कैलालीमा  राष्ट्रिय भूमि अयोगको अध्यक्षमा यज्ञराज उपाध्यायलाई नियुक्त गरेको थियो   उपाध्याय नियुक्त लगत्तै  धनगढी उपमहानगरपालिका वडा नम्बर –९ मा रहेका २२ घर परिवारहरुलाई लालपुर्जा बितरण गरिएको थियो ।