कैलारीमा पाँच हजार बढी बालबालिकालाई फाइजरको खोप लगाउने लक्ष्य
2022/06/23, 6:12
 
ss

कैलालीको कैलारी गाउँपालिकामा पाँचदेखि ११ वर्षसम्मका पाँच हजार २७ जना बालबालिकालाई फाइजरको खोप लगाउने लक्ष्यका साथ तयारी गरिएको छ ।    सो गाउँपालिकामा असार १२ गतेबाट ती उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको फाइजरको खोप लगाउने तयारी गरिएको हो ।

कैलालीमा आजबाट बालबालिकालाई फाइजरको खोप लगाउन थालिएको छ । तर, कैलारी गाउँपालिकामा नियमित खोप कार्यक्रम चलिरहेकाले असार १२ गतेबाट बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जानकारी दिए । 

उनका अनुसार वडा नम्बर १ मा ५३१, २ मा ५५०, ३ मा २५५, ४ मा ५११, ५ मा ९५०, ६ मा ५८६, ७ मा ५५०, ८ म ५४२ र ९ मा ५५२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । 

कैलालीमा असार ९ देखि १५ गतेसम्म १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने कार्यक्रम रहेको छ । अरु दिन विद्यालयमा र एक दिन छुटफुट भएकालाई स्वास्थ्य संस्थामा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।