अस्पतालको बजेट काटेर धार्मिक संरचनामा विनियोजन
2022/06/23, 6:19
 
ss

सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालको बजेट काटेर मन्दिर, चर्च र गुम्बामा बजेट बिनियोजन गरेको छ ।सामाजिक विकास मन्त्रालयले कञ्चनपुरमा मात्र मन्दिर, गुम्बा र चर्चमा पाँच करोड ६१ लाख बिनियोजन गरेको छ ।

जवकी यस वर्षको बजेटमा सुदूरपश्चिममा सम्पूर्ण सेवा निशुल्क दिदै आएको प्रदेशकै नमूना अस्पतालका रुपमा चिनिने अछामस्थित बयलपाटा अस्पतालको रकम भने काटिएको छ । सामाजिक विकास मन्त्रालयले बयलपाटा अस्पताललाई गत वर्ष ८ करोड रुपैया बिनियोजन गरेको थियो ।

यस वर्ष भने पाँच करोड रुपैया मात्र बिनियोजन गरेको छ । जवकी अस्पतालले यो वर्ष १० करोड रुपैया माग गरेको थियो ।सामाजिक विकास मन्त्रालयले कञ्चनपुरमा मन्दिर, चर्च र गुम्बामा पाँच करोड ६१ लाख बिनियोजन गरेको छ ।

भीमदत्त नगरपालिकाका भित्रका ४९ वटा मन्दिरमा  पाँच करोड एक लाख रुपैया बिनियोजन गरेको सामाजिक विकास मन्त्रालयले पुनर्वास नगरपालिकाका ९ वटा चर्चमा ५० लाख र एउटा गुम्बामा १० लाख रुपैया बिनियोजन गरेको हो । यसमा उद्योग, पर्यटन,बन तथा वातावरण मन्त्रालयको बजेट समावेश छैन ।