हाल सुदूरपश्चिम प्रदेशका भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
अब सुदूरपश्चिम प्रदेशमा मात्रै मनसुनी वायु पुग्न बाँकी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेशमा एकरदुई दिनभित्रै मनसुनी वायु पुगेर सक्रिय हुने अनुमान गरिएको छ। महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार जारी गरेको बुलेटिनमा उल्लेख छ। राती देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।