
छठ पूजा सेवा समिति धनगढीले आज बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

अत्यधिक गर्मीका कारण अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रगतको समेत अभाव भएको जानकारी पाएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । उनले सम्पूर्ण रक्तदातालाई धन्यवाद समेत दिए ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले विगत केहिदिन यता रगतको अत्यधिक माग बढ्दै गइरहेको बेला छठ सेवा समितिले गरेको रक्तदान कार्यक्रमले केही राहत पुग्ने बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/08, 4:39
2021/01/08, 9:50
2023/04/20, 12:08