
पुल निर्माण कार्य सम्पन्न नभएपछि कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा जोखिमपूर्ण ओहोरदोहोर सुरु भएको छ ।

शनिबार नदीमा बाढी आएपछि स्थानीयले जोखिम मोलेर नदी वारपार गर्न बाध्य भएका हुन । बाढी आएको बेला उनीहरु डुङ्गामार्फत नदी तर्न बाध्य भएका हुन ।
११ वर्ष हुँदासम्म नदीमा पुल बन्न सकेको छैन । हुलाकी राजमार्ग अन्तर्गत पर्ने सो पुल निर्माण नहुँदा ओहोरदोहोरमा समस्या हुँदै आएको छ ।
