माया मेट्रो अस्पताल धनगढीमा असार १२ देखि १८ गतेसम्म मुटु रोगका बिरामीका नि:शुल्क चेकजाँच हुदै
2022/06/25, 7:30
 
ss

कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलमा मुटु रोगका विरामीहरुको निशुल्क चेकजाँच हुने भएको छ । मुटु रोग सम्बन्धी समस्या भएका विरामीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हस्पिटलले यही असार १२ देखि १८ गते सम्म निशुल्क रुपमा सेवा सञ्चालन गर्न लागेको हो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कृष्ण चन्द्र अधिकारीद्धारा विरामीहरुको निशुल्क चेकजाँच गरिने हस्पिटलका लेखा प्रमुख धर्म शम्सेर बोगटीले बताए ।

नि:शुल्क चेकजाचको लागि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अधिकारी सँग बिहान ७:३० देखि १० बजे र साँझ ३ देखि ६:३० सम्म भेट्न सकिने कुरा अस्पतालले जनाएको छ ।

उनले पछिल्लो समय विभिन्न कारणले मुटु रोगका बिरामीहरुको संख्या बढ्दै गईरहेकाले अस्पतालले निशुल्क शिविर आयोजना गर्न लागेको बताए । यसका साथै अस्पतालले TMT, ABP & HOLTER परिक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरेको उनले बताए ।