सामुदायिक भवनमा करोडौँ रुपैयाँ विनियोजन, एउटै वडामा दुई दुई वटा भवन
2022/06/28, 11:12

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सयौँ सामुदायिक भवनका लागि करोडौँ रुपैयाँ विनियोजन गरेको छ । एउटै जिल्लामा दर्जनौँ सामुदायिक भवनमा बजेट विनियोजन गरेको प्रदेश सरकारले एउटै वडामा फरक नाममा दुई दुई वटा सामुदायिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा खप्तडी मन्दिरमा सामुदायिक भवनका लागि २५ लाख र डिपो बजारमा अर्को सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ बडुगाँउमा सामुदायिक भवन निर्माणका लागि २० लाख र बान्नीकोटमा २५ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09