घोडाघोडी नगरपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीलाई काममा नआउन आदेश 
2022/06/28, 11:22
 
dd

कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ। 

नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन आदेश दिएको हो। 

सूचनामा भनिएको छ, ‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९/०८० श्रावण १ गते देखीम्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न नगराउन जानकारी गराइन्छ।’ 
No description available.