दुई दिनको वर्षाले धनगढी डुबानमा (फोटोफिचर)
2022/06/30, 3:10
 
ss

मंगलबार र बुधबार रातिमात्रै परेको दुई दिनको वर्षाले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ। हरेक वर्षायाममा डुबानमा पर्दै आएको धनगढी यस पटकको पहिलो बर्षामै डुबानमा परेको हो।

धनगढीका बिभिन्न वडा डुवानमा परेका छन्। धनगढीको वडा नम्बर ३ मित्रनगर टोल बर्षाका कारण डुवानमा परेका छन्। यस्तै धनगढीको वडा नम्बर ३ स्थीत नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र डुबानमा परेको छ।

धनगढी वितरण केन्द्रमा पानी भरिएको छ। हरेक वर्षायाममा धनगढी वितरण केन्द्र डुवानमा पर्ने गरेको छ। डुबानका कारण विद्युत सेवा समेत अबरुद्ध भएको छ । प्राधिकरणका प्रमुख सुर्य नारायण मण्डलले पानी केही कम भए विद्युत सुचारु गर्न सकिने बताए । पानी बढ्दै गएकाले सप्लाई दिन समस्या हुने बताए । वितरण केन्द्र डुवानमा परेपछि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था छ भने विद्युतीय केवल सर्ट हुने जोखीम समेत बढेको छ।
उचित पानी निकास नहुदा बर्सेनि उक्त क्षेत्र डुबानमा पर्दै आइरहेको छ ।

विद्युत प्राधिकरण संगै बिशालनगर अधिकांस भू-भाग डुबानमा परेका छन्। उक्त क्षेत्रका करिब २ दर्जन बढी घर डुबनमा परेको धनगढी उपमहानगरपालिका वडानम्बर ३ का वडाअध्यक्ष राज बहादुर ऐरले बताए। उचित ढल निकास नहुनु, खोलानाला अतिक्रमण लगायतका कारण बर्सेनि डुबानको समस्या झेल्दै आइरहेको बताउदै वडा अध्यक्ष ऐरले पानी परिरहेका कारण डुबान अझै बढ्ने बताए । पानीका कारण विद्युत प्राधिकरणसँगै रहेको प्राधिकरणसंगै रहेको तरकारी हाटबजार र गुणस्तर तथा नापतौल कार्यालय समेत डुबानमा परेको छ। पछिल्ला वर्षहरूमा खोलानाला अतिक्रमणको चपेटामा परेका कारण धनगढी जलमग्न हुने गरेको छ। ठुलो पानी पर्दा हुने डुबानका कारण विभिन्न भएपनि सानो पानीमा पनि धनगढी डुब्नुको कारण खोलानाला अतिक्रमण र नालीको सहि ब्यवस्थापन नहुँदा समस्या निम्तीएको सर्वसाधारणको भनाई छ ।