बझाङमा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु
2022/07/02, 9:36
 
ss

बझाङमा नेपाल टेलिकमको फोर जी सेवा विस्तारका क्रममा करेन्ट लागेर घाइते भएका युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार काठमाडौं घर भएका ४० वर्षीय सुमनविक्रम शाह वित्थडचिर गाउँपालिकाको धरान बजारमा फाइबर विस्तार गर्दै गर्दा करेन्ट लागेर घाईते भएका थिए।

उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ। शाहलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो।

नेपाल टेलिकमको समन्वयमा उनलाई माउन्टेन हेलीको हेलिकोप्टरबाट उपचारका लागि खोडपेबाट नेपालगञ्ज लगिएको थियो। तर उनको बाटोमै मृत्यु भएको बताइएको छ।