भारतबाट हुने तस्करी रोक्न कैलालीको सीमाक्षेत्रमा तैनाथ सुरक्षाकर्मी असफल
2022/07/02, 9:45
 
ss

 सरकारले सिमा शुरक्षा तथा चोरी तस्करी नियन्त्रणका लागी भारतसंगको सिमामा सशस्त्र प्रहरीको संख्या बढाएपनि कैलालीमा चोरी तस्करी नियन्त्रणमा आउन सकेको छैन । कैलालीमा ३ वटा मात्रै बिओपी रहेकोमा पछिल्लो ३ बर्षको अवधीमा बिओपीको संख्या १८ पु¥याइएको छ। तर बिओपी स्थापनापछि तस्करी न्युनिकरण हुनुपर्नेमा मिलोमतोमै तसकरी बढेको आरोप लागेको छ।

सशस्त्र प्रहरीसगै खुल्ला सिमाबाट हुने तस्करी रोक्न प्रदेश, जिल्ला र बिभिन्न यूनिटबाट नेपाल प्रहरी परीचालन गरेपनि तस्करी रोकिएको छैन । ३ बर्षअघी कैलाली जिल्लामा सशस्त्र प्रहरीका ३ वटा मात्रै बर्डर आउट पोस्ट बि ओ पी थिए। सो बेला सादा पोसाकमा प्रहरी र सशस्त्र प्रहरी तस्करी नियन्त्रणका लागी खटिन्थे । सादा पोसाकका प्रहरी तथा सशस्त्र प्रहरीले तस्करहरुबाट मासिक रकम लिने आरोप लाग्न थालेपछि सशस्त्र प्रहरी निरिक्षक तथा नायब निरिक्षकको कमाण्डमा बिओपी स्थापना भए। जिल्लामा रहेको १ सय १ किलोमिटर खुला सिमाना क्षेत्रमा १८ वटा सशस्त्र प्रहरीका बिओपी छन् । तर यी बिओपी स्थापनापछि पनि अबैध समान तस्करी नियन्त्रण हुन सकेको छैन। बिओपी स्थापनापछिपनि तस्करी नियन्त्रण नभएको भन्दै नागरिकले बिओपीको औचित्य माथी प्रश्न उठाउन थालेका छन्।

खुला सिमानाबाट मात्रै नभएर मुख्य भन्सार त्रिनगरको बाटो भएर समेत सशस्त्र प्रहरीसंगको मिलेमतोमा दिनहुँ तस्करी हुने गरेको स्थानियको आरोप छ । पछिल्लो समय त्रिनगर नाकाबाट समेत तस्करी बढेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले साधा पोषाकमा तस्करी नियन्त्रण र सुचना संकलनका लागि परीचालन गरीएका सुरक्षाकर्मिकै मिलेमतोमा बढी तस्करी हुने गरेको स्थानियको आरोप छ ।

कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर ९ का भक्त बहादूर खातीले पछिल्लो समय भारतबाट चोरी तसकरी निकै बढेको बताए। पहिला सशस्त्र प्रहरीका घुमुवा हुन्थे सादा पोषाकमा घुम्दै गर्दा अबैध समान बरामद गर्थे, अहिले आँखै अगाडी धमाधम चोर बाटोबाट समान आइरहेको छ, उनले भने “बिओपी स्थापना हुने बितिक्कै तसकरी राम्रो नियन्त्रण भएको थियो तर पछिल्लो १ बर्षयता झन बढेर गएको छ।”बिओपी स्थापना जुन उद्देश्यले भएका हुन त्यो उद्देश्य अनुसार सशस्त्र प्रहरीले काम गरे तस्करी पुरै नियन्त्रण आउन सक्छ उनले भने “सरकारको उद्देश्य अनुसार माथहतको निकायले काम नगर्दा समस्या समाधान हुन नसकेका हुन् ।”

यस्तै धनगढीकै प्रकाश थापाले पहिलाको तुलनामा तस्करी बढेको बताए । पहिला सशस्त्रको गस्ती आउँथ्यो, गाडी घुमिरहन्थ्यो अहिले छैन उनले भने “जिल्ला कमाण्डले बिओपी खोलेर छोडिदिएको छ काम कस्तो छ तस्करी नियन्त्रण छ की छैन भनेर कुनै अनुगमन छैन, याँ दिन दाहाडै चोरी र तसकरी निकै बढेको छ समयमै ध्यान दिनुपर्ने देखिन्छ ।”भारतबाट अबैध रुपमा हुने चोरी तस्करीका कारण यहाँको ब्यापार ब्यवसायमापनि निकै अशर परेको छ । सरकारलाई राजश्व तिरेर ब्यवसाय गरिरहेका ब्यापारीहरुलाइ तस्करीले निकै अशर पु¥याएको छ। भारतबाट हुने अबैध तस्करी नरोकिएकै कारण यहाँको ब्यवसायी पलायन हुने सम्भावना बढेको भन्दै यो रोक्न प्रशासनलाई ब्यवसायी नेतृत्वले आग्रह गरेका छन् ।

कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले अबैध तस्करीका कारण नेपालमा उधोगधन्दा फस्टाउन नसकेको बताए । भारतबाट भन्सार तिरेर ल्याएका समान स्वभाविक यहाँ महगों हुन्छन् उनले भने “तस्करी गरेर ल्याइएको समान केही सस्तो हुन्छ र ग्राहकसम्म पुग्छ तर त्यसको गुणस्तर केहो, खान योग्य छ या छैन कसले नियमन गर्ने, यो अबैध तस्करी मात्रै नियन्त्रण गर्न सके हामी जस्ता ब्यवसायीहरुलाई निकै सहज हुन्छ ।”

कैलाली प्रशासनलेपनि चोरी तस्करी पुर्ण रुपमा रोक्न नसकिएको स्वूकार गरेको छ । जनशक्ती अभाव, खुला सिमानाका कारण तस्करी नियन्त्रणमा चुनौती देखिएको कैलाली प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी किरण थापाले तस्करी नियन्त्रणमा थप कडाइका साथ लाग्न दुइवटै शुरक्षा निकायलाई निर्देशन दिने बताएका छन् ।

तस्करी भएर आउने समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाइरहेको छ प्रमुख जिल्ला अधिकारी थापाले भने “सशस्त्र प्रहरी तथा प्रहरीले काम गरिरहेको छ केही दिन अघी मात्रैपनि सशस्त्र प्रहरीले ठुलो मात्रामा आएको अबैध समान बरामद गरेको थियो ।”खक्रौला छोटी भन्सार कर्मचारी अभावमा बन्द छ प्रमुख जिल्ला अधिकारी थापाले भने “त्यो भन्सार भएर समान भित्र्याउने ब्यक्तीहरुले समान ल्याउन पाएका छैनन्, खुला सिमाना छ, बर्खाको बेला शुरक्षाकर्मी सबै ठाउँ पुग्न सक्ने अवस्था छैन यी कारणले तस्करी भइरहेको छ, तर हामी नियन्त्रणको प्रयासमा छौँ ।”

कैलाली जिल्लामा सबै भन्दा चुनौतीनै खुला सिमाना हो । तर यी खुला सिमानामा बिओपी स्थापना गरिसकेपछिपनि पुरानै अवस्था देखिएको छ । बिगतमा सादा पोसाकका घुमुवा राख्दै उच्च अधिकारीले तस्करबाट रकम लिएर खुला रुपमा तस्करी गर्न दिएको आरोप लाग्थ्यो । अहिले बिओपी राख्दापनि सोही प्रबृती त दोहोरिएको छैन, यता तर्फ कैलाली प्रशासन र सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।