
धनगढीका रमेश धामी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। आज काठमाण्डौँमा बसेको माओवादी केन्द्रको तेश्रो पूर्ण बैठकले धामीलाई मनोनित गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा बसेको बैठकबाट धामी केन्द्रीय सदस्यमा मनोनित भएका हुन्। मनोनित भएपछि धामीले पार्टी नेतृत्वलाई धन्यवाद दिएका छन्।
