
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले आफ्नो डायलाइसिस सेवा बिस्तार गरेको छ।

अस्पतालले नवनिर्मित भवनबाट १२ शैयाको डायलाइसिस सेवा बिस्तार गरेको हो।
उक्त सेवा नियमित सञ्चालन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए।

अस्पतालले आफ्नै आन्तरिक व्यवस्थापनबाट उक्त सेवा दिइरहेको उनले बताए।